काठमाडौं । जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयसँगै प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो ।
प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ ।
जसमा यी दुई कम्पनीले चामल, दाल, तेल, नूनलगायत अत्यावश्यक सामग्रीको मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।


