काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले यस्तो कोष खारेज गरी कोष अन्तर्गत रहेका ३२ हजार समूहलाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेका हुन् । सो कोषमा अहिले करिब १९ अर्ब रुपैयाँ छ ।