काठमाडौं । सरकारले गौतमबुद्ध क्षेत्रीय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले उक्त विमानस्थलको स्तरोन्नति गर्न सो रकम विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।