images
images

रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः  सुरु


  • 384
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः  सुरु

    काठमाडाैं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । 

    इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन्।वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए । 

    नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनौट भएका १ हजार १ सय ७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी) सम्पन्न भई २ सय ९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । 


    images

    Logo