काठमाडाैं । भूकम्पका कारण क्षतिग्रस्त बनेकाे धरहरा पुनर्निर्माणपछि आज अाैपचारिक उद्घाटन हुँदैछ । २०७२ साल माघ १२ गते गएकाे भुकम्पले ढलेकाे करिब २ शताब्दी पुरानाे याे सम्पदाकाे निर्माण सकिएपछि शनिबार अाैपचारिक उद्घाटन गर्न लागिएकाे हाे ।
याे स्तम्भ वि.सं. १८८२ सालमा निर्माण भएकाे थियाे । तात्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीकाे सम्झनामा याे स्तम्भ बनाएका हुन् । अहिले उद्घाटन हुँदै गर्दा धरहरा १ सय ९६ वर्षकाे इतिहास बनाएकाे छ । सुरुमा यसलाई ११ तलाकाे बनाइएकाे थियाे । जसमा नवाै तलामा बार्दली थियाे ।
१९९० सालमा गएकाे भुकम्पले बार्दलीभन्दा माथिल्लाे भागलाई भत्काइदिएपछि याे ९ तलामा सीमित भएकाे थियाे । राणा प्रधानमन्त्री जुद्धशम्शेरले यसलाई ९ तलामै सीमित गरेर पुनर्निर्माण गर्न निर्देशन दिएपछि याे २ तला कम भएकाे हाे । तर, ६ वर्षअघि गएकाे भूकम्प गएकाे भुकम्पपछि याे पूर्ण रुपमा भत्कियाे । अहिले भने धरहरा २२ तलाकाे बनेकाे छ । यद्यपि बाहिरबाट हेर्दा १८८२ सालको जस्तै ११ तलाजस्तै देखिन्छ ।
यसले सुन्धारा क्षेत्रकाे ४२ राेपनी जग्गा ओगटेकाे छ । यसमा पहिलेकाे हुलाक कार्यालय रहेकाे भवनलाई समेत समेटिएकाे छ । नेपाल पुनर्निर्माण प्राधिकरणले निर्माण गरेकाे धरहराकाे निर्माण गर्ने जिम्मा जीआईईटिसी–रमण जेभीले पाएकाे थियाे । धरहराकाे निर्माणका लागि करिब साढे ३ अर्ब लागत लाग्ने अनुमान गरिएकाे छ ।
यसमा गोलाकर झ्यालहरू राखिएकाे छ । नयाँ धरहरा वृद्धवृद्धा, अशक्त र बालबालिका मैत्री रहेकाे जनाइएकाे छ । यसमा एउटा भर्याङ र एउटा लिफ्ट रहेकाे छ । पहिले नवाैं तलामा जस्तै अहिले २० अाैं तलामा बार्दली रहेकाे छ । धरहरा अब तीनतले पार्किङ, संग्रहालय, जीवित सुन्धारा र पार्कसहितकाे हुनेछ । पार्किङमा ४ सय वटा सानो गाडी र ६ सय ५० वटा मोटरलाइकल अट्ने क्षमताको छ । त्यस्तै संग्रहालयमा भत्किएको धरहरालाई सिसाले छोपेर राखिनेछ । र, धेरै वर्ष यता पानीको बहाव बन्द भएको सुन्धारा पनि पुनर्निर्माण गरी पानी बग्ने बनाइएको छ । ।
शनिबार उद्घाटन भए पनि तत्कालै सर्वसाधारणका लागि प्रवेश भने खुलइने छैन । निर्माण सम्पन्न भए पनि फिनिसिको काम बाँकी नै रहेकोले तत्काल सर्वसाधारणका लागि खुला नगरिने राष्ट्रिय पुनर्नर्माण प्राधिकरणले जनाएको छ ।