images
images

कुन मन्त्रालयले कति पाए बजेट ? (विस्तृत विवरणसहित)


  • 1.7K
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    कुन मन्त्रालयले कति पाए बजेट ? (विस्तृत विवरणसहित)

    काठमाडौं । सरकारले संघीय सिञ्चित कोषबाट व्ययभार हुने १५ खर्ब १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको विनियोजन अध्यादेश २०७८ मा ४८ शीर्षकमा सो बराबरको बजेट बिनियोजन गरिएको हो । 

    ती शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा प्रदेश र स्गानीय तह समेत समावेश भएका छन् । यसअन्तर्गत ७५३ वटै स्थानीय तहमा २ खर्ब ८३ अर्ब रुपैयाँ गएको छ । त्यस्तै ७ वटा प्रदेशमा १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ । 

    संघीय निकाय अन्तर्गत यो वर्ष सबैभन्दा बढी बजेट गृह मन्त्रालयलाई गएको छ । सो मन्त्रालयलाई सरकारले १ खर्ब ६५ अर्ब ६५ करोड रुयैयाँ बिनियोजन गरेको छ । दोस्रोमा रहेको भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६२ अर्ब रुपैयाँ बजेट पाएको छ । 

    अर्थ मन्त्रालयले वित्तीय व्यवस्थाका लागि यो वर्ष १ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।


    images

    Logo