images
images

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो, अब कुन रुटको कति पर्छ ? 


  • 849
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो, अब कुन रुटको कति पर्छ ? 

    काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा बढाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले बुधबार हवाई भाडादर बढाएको हो । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका हुन् ।  संघले आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्मले वृद्धि गरेको छ ।

    योसँगै काठमाडौंबाट धनगढीसम्म हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै  काठमाडौंबाट सिमरासम्मको भाडा ४ हजार २ सय ४ पुगेको छ ।  संघका अनुसार बढेको नयाँ भाडादर बिहीबारदेखि लागु हुने छ । 

    h_cg2F1OFeRb.jpg

     


    images

    Logo