images
images

बागमती प्रदेशमा मन्त्री थपिँदै


  • 633
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    बागमती प्रदेशमा मन्त्री थपिँदै

    काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । 

    भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । 

    मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जनाराज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् । सत्ता गठबन्धनको भागबण्डामा ६र६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । 


    images

    Logo