images
images

कात्तिक १५ गतेपछि मात्र धान काट्न र भित्र्याउन कृषि विकास कार्यालयको आग्रह


  • 137
    SHARES
  • २०८३ कार्तिक १० गते मंगलबार

    कात्तिक १५ गतेपछि मात्र धान काट्न र भित्र्याउन कृषि विकास कार्यालयको आग्रह

    धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । 

    कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

    पाकिसकेको धान मौसमको अवस्था हेरेर आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाएको छ । तत्काल भित्र्याउन नसकिने धान भने मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ ।

    धान नपाकेका खेतमा कुलो वा नाली काटेर तत्काल पानी निकासको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । हावाहुरी वा पानीका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकलाई आग्रह गरेको छ ।


    images
    images

    Logo