images
images

जथाभावी खर्च गर्न ‘बजेट अनुसूची १’ बाट खर्च हुने शीर्षक लुकाइयोः डा. शंकर शर्मा


  • 1.5K
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    जथाभावी खर्च गर्न ‘बजेट अनुसूची १’ बाट खर्च हुने शीर्षक लुकाइयोः डा. शंकर शर्मा

    काठमाडौं । अर्थविद् डा. शंकर शर्माले आर्थिक वर्ष २०७८/९९ को बजेट बुकबाट अनुसूची १ अन्तर्गत पनेृ बजेट खर्च शीर्षकहरू हटाइएको बताएका छन् । खर्च लुकाएर गर्न तथा आफ्नो मनोमानी अनुसार बजेट खर्च गर्न सहज होस् भनेर उक्त  अनुसूचीमा शीर्षकगत खर्च नराखेको उनले बताएका हुन् ।
    स्कूल अफ डेमोक्रेसी नेपालले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा डा. शर्माले सो टिप्पणी गरे । चालु खर्चमा अुनदान, सामाजिक सुरक्षालगायतका विषयलाई देखाइएको छैन,’ उनले भने ‘अनुसूची १ मा अघिल्ला वर्षहरूको जसरी तयार भएको छैन ।’ फरक ढंगबाट सरकारले गरेको खर्च लुकाउन मिल्ने गरी अनुसूची तयार पारिएको छ । सरकारले गर्ने खर्च नदेखियोस् भनेर यसरी फरक ढंगबाट अनुसूची तयार पारिएको उनले बताए ।  
    आगामी आवको बजेटमा चालु खर्च ३५ प्रतिशतले र पुँजीगत खर्च ४५ प्रतिशतले बढेको छ । यसरी बजेटको साइज बढाउँदै लैजादा चालु खर्च बढेको रेसियोमा पुँजीगत खर्च बढ्न नसक्ने तथा कम खर्च हुन्छ । यसका साथै पुँजीगत खर्चको साइज विस्तारै खुम्चदै जाने देखिएको छ । 

    बजेटले १३४ प्रतिशतले अनुदान बढ्छ भनेर देखाइएको छ । हनु त विकास साझेदारबाट अनुदान बढेको छ । र पनि सरकारले लिएको आर्थिक वृद्धिदर हासिलगर्न सक्दैन । 


    images

    Logo