images
images

विदेशी ऋण खर्च नगरी ब्याज तिर्दै सरकार


  • 564
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    विदेशी ऋण खर्च नगरी ब्याज तिर्दै सरकार

    काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।

    नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।

    बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण रकमममा समेत ब्याज तिर्नुपर्ने अवस्थामा रहेको भन्दै वैदेशिक स्रोतको उपयोग क्षमता बढाउन भनेको छ । 


    images

    Logo