images
images

पुष्पा भुसाल उपसभामुखमा निर्वाचित, कति पाइन् मत ? 


  • 624
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    पुष्पा भुसाल उपसभामुखमा निर्वाचित, कति पाइन् मत ? 

    काठमाडौं । पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले भुसाललाई उपसभामुखमा निर्वाचित गरेको हो । 

    आजको मत विभाजनमा २४२ जना सहभागी भएका थिए । उनलाई उपसभामुख बनाउने पक्षमा भएको मत विभाजनमा १४८ सांसदले पक्षमा मत दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले भुसाल उपसभामुखमा निर्वाचित भएको घोषणा गरे । 

    प्रस्तावको विपक्षमा ९३ मत पर्दा १ सांसद तटस्थ बसेका थिए । काँग्रेस नेतृ भुसाललाई गठबन्धनले उपसभामुखको उम्मेदवार बनाएको हो । 

    यसअघि उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो । झण्डै २ वर्षको रिक्ततापछि चालु संसदले दोस्रो उपसभामुख पाएको हो । 

    अब यो संसदको कार्यकाल करिब ५ महिना मात्रै बाँकी छ । अब भुसालले सो अवधिसम्म उपसभामुखको भूमिका निर्वाह गर्नेछिन् । उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने भएकोले यो पदलाई महत्वपूर्ण मानिन्छ । 


    images

    Logo