काठमाडौं । प्रवीणरमण पराजुली नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई साउन १ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघि गत पुस अन्तिम साता उनलाई सो कम्पनीको सिनियर डेपुटी सीईओको रुपमा नियुक्त गरिएको थियो । सोही समयदेखि उनले सीईओको कार्यभार समेत सम्हाल्दै आएका थिए ।
नेपाल लाइफमा आउनुभन्दा अघि उनी रिलायन्स लाइफ कम्पनीका सीईओ थिए । रिलायन्स जानुभन्दा अघि उनी नबिल बैंकमा कार्यरत थिए ।