images
images

६.५ प्रतिशतको  आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्छ : अर्थसचिव


  • 408
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    ६.५ प्रतिशतको  आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्छ : अर्थसचिव

    काठमाडौं– अर्थसचिव शिशिर ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नपर्ने बताएका छन् ।  बजेटले लक्षित  गरेको आर्थिक वृद्धिदर यथार्थपरक भएको भन्दै लक्ष्य भेट्ने दावी उनले गरेका हन् । 

    शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वृद्धिदर पुग्न गाह्रो नहुने बताएका हुन् ।  सरकारले अर्को वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य बजेटमा राखेको छ ।

    अर्थ सचिव ढुंगानाले आर्थिक वृद्धिदर ५ आधार बताउँदै लक्षित आर्थिक वृद्धिदर पुग्नेमा ढुक्क हुन आग्रह गरे । यस वर्ष कात्तिक महिना देखि आर्थिक गतिविधी सञ्चालनमा हुँदा हामी ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने देखिएको पहिलो आधार बताएका छन् । 

    चालू आर्थिक वर्षको बजेटबाटै आर्थिक पुनरुपत्थान र राहतका कार्यक्रम सार्वजनिक गरिएको छ । ‘सो सुविधाबाट उद्योग व्यवसाय संचालनका साथै आर्थिक गतिविधि संचालन हुन्छ,’ उनले भने त्यसपछि माग र पूर्तिको श्रृखला चाँडै लयमा आउनछ । नेपालको अर्थतन्त्रमा खुला हुने वित्तिकै मागमा उच्च वृद्धि हुन्छ । त्यसपछि उत्पादन र उत्पादकत्व दुबै बढ्ने छ । 

    हामीले दक्षिण एसियामै भारतपछि नेपाल पहिलो कोरोना विरुद्धको खोप लगाउने दोस्रो मुलुक भएको भन्दै अर्थसचिव ढुंगानाले भने ‘हामी सकभर सबै नागरिकलाई  चाडै खोप उपलब्ध गराउने तर्फ केन्द्रीत छौं । सबै नागरिकलाई खोप लगाएपछि आर्थिक गतिविधि चलायमान बनाउन सजिलो हुने उनले बताए । 

    जसका कारण हाम्रो अर्थतन्त्र चाडै लयमा फर्किन्छ र जसले साढे ६ प्रतिशतको लक्ष्य प्राप्ति गर्न सक्ने छौं ।

    सो अवसरमा ढुंगानाले निर्वाचनको लागि आवश्यक बजेट विनियोजन गरेको बताए । आयोजनाहरूको कार्यान्वयनको लागि सहसचिव स्तरीय संयन्त्र बनाइ परियोजनाको अनुगमन गरी कार्यान्वयनमा ध्यान दिने बताए । 


    images

    Logo