images
images

शेयर बजारमा उतारचढावको वर्ष, साढे ११ खर्ब गुम्यो


  • 463
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    शेयर बजारमा उतारचढावको वर्ष, साढे ११ खर्ब गुम्यो

    काठमाडौं । शेयर बजारमा लगानीकर्ताले २०७८/२०७९ मा ११ खर्ब ४१ अर्ब ६२ करोड गुमाएका छन्। यस वर्ष नेप्से परिसूचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्षको अन्तमा शेयर पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड छ। भदौदेखि शेयर बजार निरन्तर घट्न थालेको थियो।  वर्षको अन्तिम कारोबार दिन नेप्से २ हजार ८ सय ८३.४० अंकमा बन्द भएको थियो। सो समयमा शेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्षमा कारोबारको अन्तिम दिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ को बिन्दुमा पुगेको छ।

    साउन ३१ गते हालसम्मकै सर्वाधिक २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसदिन ३ हजार २ सय २० अंकसम्म पुगेर ३ हजार १ सय ९८ को बिन्दुमा रोकिएको थियो। असार ९ गते नेप्से परिसूचक यस वर्षकै सबैभन्दा कम १ हजार ८ सय ४८ को बिन्दुमा पुगेको थियो। असारमा शेयर बजार पुँजीकरण ४४ खर्ब ६८ अर्बको थियो। 

    सुचीकृत भएका २ सय ४० कम्पनीमध्ये झण्डै ८५ प्रतिशत बैंक र बिमाको हिस्सा छ। जसले गर्दा नेपाल राष्ट्र बैंक र बिमा समितिले लिने नीतिले सेयर बजारमा प्रत्यक्ष असर गर्छ। 

     


    images

    Logo