काठमाडौं । चीन सरकारले उपलब्ध गराउने भनेको खोप लिन नेपाल एयरलाइन्सको ‘एयरबस ३३०’ सोमबार राति ११ बजे बेइजिङ जाने भएको छ । नेपाल सरकारले विमान चार्टर गरेर खोप ल्याउन लागेको हो । आज राती ११ बजे बेइजिङ गएको विमानले भोलि मंगलबार दिउँसो २ बजे चिनियाँ सरकारले दिने भनेको खोप लिएर नेपाल आउने छ ।
राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सो खोप लिन नेपाल एयरलाइन्सको एयरबस जान लागेको प्रवक्ता क्षेत्रीले बताए । ‘खोप कार्गो गरेर ल्याउने हो,’ उनले भने ।
चिनियाँ सरकारले दिने भनेको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप ल्याउने तयारी गरिएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा उक्त खोप ल्याउन लागिएको हो ।


