काठमाडौं । सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चावी नखोस्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार गृहसचिव स्तरीय बैठकले सो निर्देशन जारी गरेको हो ।
विभिन्न समूहले सार्वजनिक विदामा चलेका सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
गृहले झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सु(सूचित गर्न गराउन अनुरोध गरेको छ ।
साथै, अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी सेवाका सवारी साधन विदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिएर मात्र चलाउनु पर्ने गृहले जनाएको छ ।


