काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनीको रुपमा हिमालयन रिले लाइसेन्स पाएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले सोमबार हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको हो ।
पुनर्बीमा कम्पनीको प्रतिस्पर्धामा ५ वटा कम्पनी थिए । अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि, काठमाडौं रि र हिमालय रि यो प्रतिस्पर्धामा सहभागी थिए ।
अहिले लाइसेन्स पाएको हिमालयन रिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्धय पशुपति मुरारका र भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल सुलभ अग्रवाल, विकास दुगड, विवेक दुगड, रोहित गुप्ता लगायतको लगानी रहेको बताइन्छ ।