काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनाके आज अपराह्न निधन भएको अप्तालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोभिड–१९ का कारण बिरामी भएर उनी सुरुमा ग्राण्डी हस्पताल भर्ना भएका थिए । पछि उनी ह्याम्स अस्पतालमा गएका थिए ।
समस्या बल्झिँदै गएपछि उनलाई इक्मो प्रविधिबाट मेडिसिटीमा उपचार गरिएको थियो ।
थापाको शरीरमा कोरोनाको संक्रमण निको भइसकेको थियो ।
तर, कोरोना संक्रमण निको भइसकेका उनको शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि समस्या भएको थियो ।
थापाको निधन बिहानै भएको भए पनि अस्पतालले आधिकारिक रुपमा भने साँझ ४ बजेपछि मात्रै जानकारी दिएको थियो ।