काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ ।
निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।
अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।
यस विषयमा अन्तिम निर्णय भइसकेको भने छैन ।
कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।


