काठमाडौं । कोरोना महामारीका बीच नेपाल भित्रिनेहरुको संख्याभन्दा बाहिरिनेको संख्या करिब दोब्बर देखिएको छ ।
अध्यागमन विभागका अनुसार मे महिनामा १२ हजार ४ सय जना नेपाल भित्रिएका थिए भने सोही महिनामा नेपाल छाडेर विदेश जानेको संख्या २३ हजार १ सय ३५ पुगेको छ ।
जसमध्ये १० हजार ९ सय ३२ जना नेपाली र १ हजार ४ सय ६८ जना विदेशी नेपाल आएका छन् ।
त्यसैगरी नेपाल छाड्नेमा १३ हजार १ सय ५८ जना नेपाली रहेकोमा यसबीच ९ हजार ९ सय ९७ जना विदेशी नागरिकले नेपाल छाडेको विभागको भनाइ छ ।
निषेधाज्ञाका बीच पनि चार्टर्ड उडान जारी रहँदा उनीहरुले हवाई यात्रा गर्न पाएका हुन् ।
सरकारले भारतसँग एयर बबल सम्झौता अनुसार सातामा २ वठा हवाई उडान जारी राखेको छ भने आजदेखि थप तीन देशमा पनि हवाई उडान सातामा २ वटा शुरु गर्ने निर्णय गरिसकेको छ ।


