images
images

एसएमईमा लगानी गर्न आईएफसीबाट एनएमबि बैंकले ल्यायो साढे २ करोड डलर


  • 514
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    एसएमईमा लगानी गर्न आईएफसीबाट एनएमबि बैंकले ल्यायो साढे २ करोड डलर

    काठमाडौं । साना तथा मझौला व्यवसाय (एसएमई) मा लगानी गर्न एनएमबि बैंकले २ करोड ५० लाख अमेरिकी डलरको ऋण ल्याएको छ । विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रोपटक आवधिक कर्जा ल्याएको हो । 

    बिहीबार राजधानीको एभरेष्ट होटलमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको छ । 

    हस्ताक्षर समारोहमा यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने सीईओ केसीले बताए । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।


    images

    Logo