काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुयोग श्रेष्ठ पुन नियुक्त भएका छन् । भाद्र ५ गते अपरान्ह ४ बजे वसेको संचालक समितिका बैठकले श्रेष्ठलाई पुन नियुक्त गरेका हुन् ।
यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् भने उनको कार्यकाल ४ वर्षका हुनेछ । बैंकले हाल १ सय १२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।