काठमाडौं । आज २ वटा कम्पनीको विशेष साधारणसभा हुँदैछ । शुक्रवारवार शिवम सिमेन्ट र नेशनल हाइड्रोपावरले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा शिवम सिमेन्टले कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले एजेण्डामा संशोधन गर्ने मात्रै रहेको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावरले डेलीश ओपेरा रेस्ट्रो एण्ड वैङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे नै बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, एओएको संशोधन गर्ने लगायतका एजेण्डा राखेको छ ।


