images
images

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने काठमाडौं महानगरको प्रस्ताव


  • 416
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने काठमाडौं महानगरको प्रस्ताव

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो।

    संघीय सरकारले ६ कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ। 

    महानगरपालिकाको बैठकले ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउन नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक पनि राख्ने प्रस्ताव गरेको छ । 


    images
    images

    Logo