काठमाडौं । नेपाल धितोपत्र बोर्डले भदौ ५ गते पछि निष्काशन भएका आईपीओहरुको आश्वा शुल्क ५ रुपैयाँमा लिन भनेको छ । बोर्डले सोमबार सुचना जारी गर्दै यस्तो बताएको हो । धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्वन्धी निदेशिका २०७३ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले शेयर भरे बापत ५ रुपैयाँ लिने व्यवस्था गरेको छ ।
सो दिन पछि धितोपत्र सार्वजनिक गरेका संगठित संस्थाहरुले धितोपत्र सार्वजनिक निष्काशनको आवेदको हकमा उक्त संशोधन व्यवस्था लागु हुने बोर्डले जनाएको छ ।
यस अघि बैंक तथा वित्तीय संस्थाले १० रुपैयाँदेखि १०० रुपैयाँ सम लिने व्यवस्था रहेको थियो । अब भदौ ५ गते पछि निष्कासन भएको शेयर भर्दा ५ रुपैयाँ सम्म लिन पाउने भएको छ ।



