images
images

सिक्लेस हाइड्रोपावरकाे आईपीओ भदौ २९ गतेदेखि 


  • 1.1K
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    सिक्लेस हाइड्रोपावरकाे आईपीओ भदौ २९ गतेदेखि 

    काठमाडौं । सिक्लेस हाइड्रोपावर आईपीओ भदौ २९ गतेदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणको लागि कुल ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ३४ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५७ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्ता देखिअधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १२ गतेसम्म हुनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images

    Logo