काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त भएका छन् । बिहिवार बसेको सञ्चालक समितिको बैंठकले बराललाई नियुक्त गरेको हो ।
उनलाई लाई ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । बरालसँग बीमा र बैङ्किङ्ग क्षेत्रमा काम गरेको २५ वर्ष भन्दा बढी अनुभव रहेको छ ।