images
images

नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट


  • 450
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दोहा–काठमाडौँ उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको हो ।

     १५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । 

    विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थललाई समेत प्रयोगमा ल्याएको हो। नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरू पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। विश्वकप अवधिभर कतारले नेपाल लगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।


    images

    Logo