काठमाडौं । भदौसम्म ८ सूचीकृत स्क्रिपले लाभांश घोषणा गरेका छन् । आर्थिक बर्ष २०७८/७९ सम्मको कारोबारमा आधारित नाफा तथा खुद सम्पतिबाट ७ म्युचुअल फण्ड र १ हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेहरु म्युचअल फण्डमा सानिमा इक्विटी फण्ड, सनराइज फस्ट म्युचुअल फण्ड, एनआईबीएल सहभागिता फण्ड, एनआइबीएल प्रगति फण्ड रहेका छन् । त्यस्तै, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–२, एनएमबि–५०, एनएमबि हाइब्रिड फण्ड एल–१, लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष रहेका छन् ।
सूचीकृत कम्पनीतर्फ भदौ मसान्तसम्म सानिमा माइ हाइड्रोपावर मात्र लाभांश घोषणा गरेको छ ।
कसले कति दिए लाभांश ?
यो अवधिसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले २२ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, एनएमबि–५० तथा एनएमबि हाइब्रिड फण्ड एल–१ ले समान २१.०५ प्रतिशत, सनराइज फस्ट म्युचुअलले १२ प्रतिशत, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–२ले १० प्रतिशत, एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषले ५/५ प्रतिशत तथा एनआइबीएल प्रगति फण्ड ४.२ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
सूचीकृत कम्पनीमध्ये हालसम्म एउटै मात्र लाभांश घोषणा गर्ने कम्पनी बनेको सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । हालसम्म लाभांश घोषणा गरेका स्क्रिपमध्ये सानिमा माइ हाइड्रोपावर र सानिमा इक्विटी फण्ड बाहेक अरुको बुक क्लोज समेत भइसकेको छ ।


