काठमाडौं । नेपाल ल्यूव आयलले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलवार ४ बजे बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
साथै, सो कम्पनीले असोज २८ गते साधारण सभा पनि बोलाएको छ । उक्त सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे बस्ने गरि बोलाईएको हाे । सो सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ असोज १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।


