काठमाडौं । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् ।
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि १ सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार २ सय ७५ रुपैयाँ, नेपालीका लागि ५ हजार २ सय ८० रुपैयाँ र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति ७ हजार ५० रुपैयाँ भाडादर लागू हुने बताइएको छ ।