काठमाडौं । सानिमा इक्विटी फण्डको इकाई मुल्य समायोजना भएको छ । सानिमा इक्विटी फण्डनगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
सानिमा इक्विटी फण्डको २२ प्रतिशत नगद लाभांश बापतको विहीबार नेप्सेले मुल्य समायोजना गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १०.१९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १२.२९ रुपैयाँमा भएको थियो ।


