काठमाडौं । नेपाल एयरलाइन्सको टिकट पनि अब अनलाइनबाट काट्न सकिने भएको छ । एयरलाइन्सले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको हो ।
अब विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइटबाट अनलाइन बुकिङ्ग गरी आफ्नो टिकट आफै खरिद गर्नसक्ने भएको छ । यस अघि नेपाल एयरलाइन्सको टिकट काट्न ट्राभल एजेन्सी वा नेपाल एयरलाइन्सकै कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । यो सुविधा आएसँगै यस्तो बाध्यताको अन्त्य भएको छ ।
निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।