काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ५ हजार ८० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।
कम्पनीले भदौ २९ देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।


