काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको छ । सो बैंठकले ५ वटा निर्णय गरेका छन् ।
उक्त बैंठकमा नेपाल राजश्व परामर्श विकास समिति (गठन) आदेश २०७६ खारेज गर्ने निर्णय भएको छ । साथै ऋण असुली न्यायधीकरणको रिक्त कानूनी सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा जंगबहादुरलाई नियुक्त नियुक्ति गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।
त्यस्तै, कास्कीस्थित करुवा सेती जलविद्युत् आयोजना ३२ मेगावाट तथा गोरखास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत् आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने सो बैठकले निर्णय गरेको छ । केचना-कञ्चनजंगा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


