काठमाडौं । सवारी साधनको बढ्दो चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन जटिल तथा चुनौतीपूर्ण बन्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार नेपालमा हाल ४५ लाख ५८ सवारी साधन दर्ता भएका छन् । ती सवारसाधनको अनुगमन गर्ने ट्राफिक प्रहरीको सङ्ख्या भने जम्मा २ हजार ७ सय ३४ जना मात्र रहेको छ ।
सवारीसाधनको नियमित चेकजाँच गर्ने हो भने एक जना ट्राफिकको भागमा १६ हजार ६ सय ६७ वटा सवारीसाधन पर्छ । विभागका अनुसार दैनिक औसत ८ सय ४५ वटा नयाँ सवारी थपिने गरेका छन् । सवारीसाधनको वृद्धिसँगै सडक विस्तार हुन नसक्दा सवारीसाधनको चाप बढ्दो छ ।
चाडपर्व तथा विशेष समारोहमा यात्रुको आवतजावत बढे सँगै सवारीसाधनका व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टलबढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । उनले ट्राफिक व्यवस्थापनमा एक जना ट्राफिक प्रहरी १० घण्टासम्म खटिन परेको जानकारी दिए । उपत्यकाको सवारी व्यवस्थापनका लागि विभिन्न चोकमा ५६ वटा ट्राफिक बत्ती जडान गरि एको छ ।
तीमध्ये ३८ वटा मात्र सञ्चालनमा रहेका छन् । सवारीसाधनको अत्यधिक चापका कारण ट्राफिक बत्ती बन्द गरी हातको इसारामै ट्राफिक व्यवस्थापन गर्नु परेको गुनासो ट्राफिक प्रहरीले गर्दै आएका छन् । ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा सवारीसाधनको नियमित चेकजाँच प्रभावित हुँदा ट्राफिक नियम उल्लङ्घनका घटना वृद्धि हुन थाले का छन् ।
जसका कारण सडक दुर्घटनासमेत बढ्न थाले को छ । मादक पदार्थ से वन गरी सवारी चलाउने , सवारीसाधनको यान्त्रिक परीक्षण नगरी क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण सडक दुर्घटना बढे पछि न्यूनीकरणका लागि ट्राफिक अनुगमन तथा चे कजाँच कडाइ गरिएको छ । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार उपत्यकामा मात्र झन्डै १६ लाख सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये औसत झन्डै ९लाख सवारीसाधन दैनिक ओहोर दोहो र गर्छन् ।


