images
images

थप ३७ वटा विद्युतीय बस ल्याउँदै साझा यातायात, १० दिन भित्र केरुङ नाका आइपुग्ने


  • 380
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    थप ३७ वटा विद्युतीय बस ल्याउँदै साझा यातायात, १० दिन भित्र केरुङ नाका आइपुग्ने

    काठमाडौं । साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। ३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।

    ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। चीनबाट छुटेका बस केही दिनमै बोर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।

    त्यसपछि काठमाडौं आइपुग्न सबै बसहरुलाई एक सातादेखि १० दिन लाग्ने भएकाले तिहारपछि उक्त बसहरु काठमाडौं आइपुग्ने छन् ।  पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेका छन् । 


    images

    Logo