images
images

बाबुरामको त्यो सत्तास्वार्थ : जसले प्रचण्डलाई गोरखासम्म डोहोर्यायो


  • 709
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    बाबुरामको त्यो सत्तास्वार्थ : जसले प्रचण्डलाई गोरखासम्म डोहोर्यायो

    काठमाडौं । अघिल्लो निर्वाचनमा काँग्रेसको साथ पाएर चुनाव जितेका बाबुराम भट्टराई यसपालि प्रत्यक्ष चुनावमा उठेनन् । त्यसको सट्टा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सो क्षेत्रबाट उठ्न प्रस्ताव गरे । 

    त्यसो त यसअघि चितवन ३ बाट उम्मेदवार रहेका दाहाल पनि सजिलै गोरख १ मा जान तयार भए । उनले पार्टीको स्थायी कमिटी बैठकबाटै आफ्नो उम्मेदवारीको निर्णय गराएर चितवन छाड्ने भएका छन् । यो निर्णयलाई भट्टराईले स्वागत समेत गरिसकेका छन् । 

    यद्यपि यो हुनुमा भट्टराई र दाहाल दुवैको स्वार्थ मिलेको देखिन्छ । दाहाललाई चितवनबाट चुनावमा हार्ने डर थियो । स्थानीय निर्वाचनमा भरतपुरमा काँग्रेसका बागस् उम्मेदवारले नै १५ हजार भन्दा बढी मत ल्याएको अवस्थामा फेरि चुनाव लड्दा हार हुनसक्ने सन्देह दाहालमा थियो । त्यसो त काँग्रेससँग आधा आधा कार्यकाल प्रधानमन्त्रीको सहमति भएका दाहाल आफैं पराजित भएमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपर्ने भय समेत थियो । 

    त्यसो त अघिल्लो चुनावमा काँग्रेस शीर्ष नेतृत्वबाट पूरापूर साथ पाएको माओवादीले यसपाली केन्द्रबाटै घात हुनसक्ने आकलन समेत गर्यो । दाहाललाई हराएपछि माओवादीभित्रप्रधानमन्त्रीको अर्को उम्मेदवार नै नहुने भएकोले यसबाट काँग्रेसले पूरा कार्यकाल नेतृत्वको अवसर पाउने भएकोले काँग्रेसको नेतृत्व नै आफूलाई चुनाव हराउन लागिपर्ने डर समेत उनलाई भएको निकटहरु बताउँछन् । 

    उता बाबुराम भट्टराई भने आफू भन्दा आफ्नो छोरी मानुषी यमी भट्टराईको राजनीतिक करियर बढाउन चाहन्थे । आफू प्रधानमन्त्री भइसकेको र अहिलेको अवस्थामा फेरि प्रधानमन्त्री हुने सम्भावना समेत कमजोर रहेका कारण छोरीको भविष्यको लागि उनले गोरखा छाडेका हुन् । यसको सट्टामा काठमाडौं–२ बाट मानुषीलाई माओवादीबाट उम्मेदवार बनाउने निश्चित गरिसकेका छन् । 

    त्यस्तै, यसअघि २०६४ सालको निर्वाचनमा धादिङ २ बाट निर्वाचित कल्पना धमलालाई यसपालि काठमाडौं ९ बाट उम्मेदवार बनाउने बनाइएको छ । धमला विगतदेखि नै भट्टराईसँग निकट मानिन्छिन् ।


    images

    Logo