images
images

त्रिभुवन राजपथमा सुख्खा पहिरो, काठमाडाैं-हेटाैंडा यातायात अवरुद्ध


  • 384
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    त्रिभुवन राजपथमा सुख्खा पहिरो, काठमाडाैं-हेटाैंडा यातायात अवरुद्ध

    काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको बाह्रघुम्तीमा केहीबेर अघि पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । भैँसे प्रहरी चौकीका अनुसार सुक्खा पहिरोले राजमार्ग अवरुद्ध बनाएको हो । 

    उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ ।


    images

    Logo