images
images

कोरोना बीमा दाबी भुक्तानी गर्न बीमा समितिलाई एक अर्ब


  • 605
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    कोरोना बीमा दाबी भुक्तानी गर्न बीमा समितिलाई एक अर्ब

    काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।

    समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताए ।

    कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उनको भनाइ थियो ।भुक्तानी गर्न बाँकी ११ अर्ब कोरोना बीमा गर्नेको सङ्ख्या १७ लाख ५८ हजार ३ सय ४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क सङ्कलन भएको थियो । 

    यीमध्ये १ लाख ६५ हजार ५ सय ५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपैयाँ छ । बीमालेखबाट उठेको शुल्कभन्दा तिर्नुपर्ने दायित्व भने १० गुणा बढी छ । सरकारले तिर्नुपर्ने दायित्व ११ अर्ब रुपैयाँ पुगेको हो । 

    कोरोेना    बीमा    मापदण्डअनुसार    बीमा    कम्पनीहरूले  एक  अर्ब  रुपियाँसम्मको  दायित्व,  सोभन्दा बढी रकमको दायित्व एक अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।यस्तै  दुई  अर्ब  रुपियाँभन्दा  बढी  दाबी  परेमा ५० करोड रुपैयाँ बीमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी हुने व्यवस्था मापदण्डले गरेको थियो । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपियाँसम्म समितिले भुक्तानी गर्ने सहमति भएको थियो । 

    त्यस्तै ३ अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लामो समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा समग्र बीमा व्यवसायप्रति नै सर्वसाधारणमा नकरात्मक सन्देश जान थालेको थियो ।बीमालेख र बीमा समितिकै सर्कुलरमा उल्लेख भएबमोजिम हजारौँ बीमितले दाबी भुक्तानी नपाउँदा यसको असर बीमा व्यवसायमा देखिन थालेको थियो । 


    images

    Logo