images
images

मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने, यस्तो छ कारण


  • 646
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने, यस्तो छ कारण

    काठमाडौं । विश्व बैंकले रुस-युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ।

    सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन । 

    आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा महँगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ ।

    विश्व अर्थतन्त्रमा वृहत् र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशकयताकै उच्च भएको आईएमएफले उल्लेख गरेको छ। आईएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरी लक्षित हुनुपर्ने जनाएको छ। 


    images

    Logo