images
images

अमेरिकाले विश्वका ९२ मुलुकका लागि ५० करोड डोज खोप दिने


  • 550
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    अमेरिकाले विश्वका ९२ मुलुकका लागि ५० करोड डोज खोप दिने

    काठमाडौं ।  अमेरिकाले आगामी अगस्ट महिनादेखि न्यून आय भएका र अफ्रिकाका  ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ ।  

    यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुने र यसले कोरोनाभाइरस महामारी विरुद्ध लड्न ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ ।  

    यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ, ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ । 

    संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभ्याक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ । 

    झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् । –


    images

    Logo