काठमाडौं । जोरपाटी–साँखु सडक स्तरोन्नति गर्न नसके राजीनामा दिने ओनसरीको घोषणा गरेकी छिन् । काठमाडौं–२ स्थित शुभश्री पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनले दुई वर्ष सम्पन्न गर्न नसके राजीनामा दिने बताएकी हुन् । उनले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि योजना बनाएर बताइन् ।
त्यस्तै, उनीले मूलपानीमा निर्माणिधिन क्रिकेट रंगशाला छिट्टै सम्पन्न गर्न भूमिका खेल्ने, एयरपोर्ट निर्माणका क्रममा समस्यामा परेकाहरुको समस्या समाधानका लागि पहल गर्ने
कोटेश्वरको जाम हटाउन पहल गर्ने, नाङलेभारेमा कृषि तथा वन विज्ञान कलेज स्थापनालाई मूत रुप दिएर अगाडि बढाउने उनको प्रतिवद्धता छ ।
युवालाई रोजगारी बृद्धि, खेलकुदमा आर्कषण बढाउने, तरकारी उत्पादन र बजारीकरणका लागि योजना बनाएर काम गर्ने, महिला अधिकार हकहितका लागि काम गर्ने लगायतका उनको प्रतिवद्धता छ ।
सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओनसरीलाई काठमाडौं-२ ले जिताएर पठाएमा विकासे मन्त्रालयको मन्त्री बनाउने घोषणा समेत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी भएको कार्यक्रममा देउवाले वर्तमान संविधानको व्यवस्था अनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नभएकोले स्थिर सरकार निर्माणका लागि गठबन्धन संस्कृतिलाई सुदृढ गर्न आग्रह गरेका थिए ।


