images
images

भारतीयले सीमामा विष्फोट गराउँदा नेपालमा एक बालकको मृत्यु, अर्की एक घाइते


  • 648
    SHARES
  • २०७९ कार्तिक १२ गते शनिबार

    भारतीयले सीमामा विष्फोट गराउँदा नेपालमा एक बालकको मृत्यु, अर्की एक घाइते

    काठमाडौ । नेपाली सीमा क्षेत्रमा भारतीयले बिष्फोट गराउँदा एक बालकको ज्यान गएको छ । अर्की एक बालिका घाइते भएकी छिन् । भारतले महाकाली पारी निर्माण गरिरहेको सडकका लागि विस्फोट गराउँदा महाकालीवारी नेपालीको मृत्यु भएको हो ।  

    भारतीय पक्षले सडक निर्माणका लागि पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । त्यहाँबाट उछिट्टिएर आएको ढुङ्गाले लागेर दार्चुलाको व्याँस गाउँपालिका–२ तम्पाकुका हिक्मत महराका छोरा १२ वर्षीय पवन महराको ज्यान गएको हो । लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । 

    बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर पवनको ज्यान गएको बताइएको छ । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए ।उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा लगिएको छ । 

    तम्बाकु क्षेत्रबाट बुबा हिक्मतसँगै पवन र सरिना दुम्लिङस्थित घर फर्कंदै थिए । भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एन्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । विना जानकारी विस्फोट गराउँदा नेपाल तर्फ रहेका बालकको ज्यान गएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

    भारतीय पक्षबाट  लापरबाही भएको भन्दै यसको क्षतिपूर्ति मागिने समेत उनले बताए । यस अघि पनि यसरी बिना जानकारी भारतीय पक्षबाट विस्फोट गराइने गरेको धामीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेका अनुसार, भारतीय पक्ष क्षतिपूर्ति दिन तयार भएको छ।


    images

    Logo