images
images

राप्रपाको घोषणापत्र : प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकालभन्दा बढी बस्न नपाउने


  • 418
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    राप्रपाको घोषणापत्र : प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकालभन्दा बढी बस्न नपाउने

    काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले सोमवार आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रतिबद्धता जनाएको छ ।

    राप्रपाले घोषणापत्रमा कहिल्यै नेपाल बन्द नगर्ने प्रतिबद्धता समेत जनाएको छ । कुनै पनि बिषयमा बिरोध गर्नु पर्ने नेपाल बन्द गर्ने परिपाटीको विकास हुँदा नागरिकले दुख पाउने र देशको अर्थतन्त्रमा पनि असर पर्ने भन्दै पार्टीले कहिल्यै नेपाल बन्द नगर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । 

    त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी शासकीय संरचनामा केन्द्र र बलियो स्थानीय तह लगायतको विषयलाई पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ।

    यस्ताे छ पूर्णपाठ


    images

    Logo