काठमाडौं । नेकपा एमालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख्मु जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुररक्षा भत्ता पाउने घोषणा समेटिएको छ ।
घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २ सय ४७ प्राथमिकता पनि छुट्याएको छ । यो अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ ।
यस्तै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बार्षिक २५ लाख पुर्याइने उल्लेख छ । ‘नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ ।
यस्तै ५ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ लाख अथात् २४ सय अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ । डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ ।


