काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन । प्रधानमन्त्री कार्यालयका सहसचिव दहाललाई सो जिम्मेवारी दिइएको हो । मंगलबार प्रधानमन्त्री कार्यालयले निर्णय गर्दै दहाललाई सो जिम्मेवारी दिएको हो।
राजस्वमै लामो समय काम गरेका दहालले यसअघि विभागकै निर्देशकको रुपमा काम गरिसकेका छन् । दहाल लामो समयदेखि भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न प्रयासरत थिए।