ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्ना कर्मचारीलाई हप्ताकाे ८४ घण्टा खट्न उर्दी जारी गरेका छन् ।
ट्वीटरलाई केही समय अघि मात्रै खरिद गरेका उनले म्यानेजर तहका कर्मचारीलाई यति काम दिएका छन् कि त्यसलाई पूरागर्न कर्मचारीहरु दैनिक १२ घण्टा र बिदाकाे दिन समेत काम गर्न बाध्य छन् ।
ट्वीटरलाई सञ्चालन गर्न उनले टेस्ला कम्पनीबाट ५० भन्दा बढी उच्चपदस्थ कर्मचारी भित्र्याएकाे समेत बताइएकाे छ ।
अहिले मस्कले आफू बाहेकका बाेर्ड सदस्यका साथै ट्वीटरका उच्चपदस्थ सबैलाई बर्खास्त गरिसकेका छन् ।