images
images

जसपाको घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री


  • 624
    SHARES
  • २०७९ कार्तिक १९ गते शनिबार

    जसपाको घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ ।  जसपाले आज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

     घोषणापत्रमा संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार गठन हुनुपर्ने भनेको छ । जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

    जसपाले आर्थिक बृद्धिदर उच्च राख्न पूँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रूप र स्थितिमा रहेका उत्पादक शक्तिहरूको क्षमता विकास एवं प्रभाव विस्तारमा जोड दिने घोषणापत्रमा उल्लेख छ । 


    images

    Logo